२२ बैशाख २०८१, शनिबार
बागेश्वरी बहुमुखि क्याम्पसका नव निर्वाचित स्ववियु पदाधिकारीले गरे पदभार ग्रहण

निर्बतमान स्ववियु अध्यक्ष दिनेश केसिले नवनिवार्चित अध्यक्ष देबेन्द्र बहादुर बुढालाई स्ववियुको माईन्युट बुक हस्तान्तरण


  • टाइम्स संवाददाता

  • १२ चैत्र २०७९, आईतवार १०:५७

कोहलपुर, बाँके: बाँकेको कोहलपुरमा रहेको बागेश्वरी बहुमुखि क्याम्पसमा सम्पन्न स्ववियु निर्वाचन पश्चात नवनिर्वाचित अध्यक्ष लगाएत पदाधिकारीहरुले शनिबार क्याम्पस परिसरमा पदभार ग्रहण गरेका छन । निर्बतमान स्ववियु अध्यक्ष दिनेश केसिले नवनिवार्चित अध्यक्ष देबेन्द्र बहादुर बुढालाई स्ववियुको माईन्युट बुक हस्तान्तरण गर्दै कार्यभार समेत हस्तान्तरण गरेका हुन । चैत्र ५ गते सम्पन्न स्ववियु चुनावमा यस क्याम्पसमा एमालेको भातृ संगठन अनेरास्ववियुको देबेन्द्र बहादुर बुढाको टिम बिजयी भएको थियो ।

पद हस्तान्तरण कार्यक्रममा पुर्व क्याम्पस प्रमुख रमेश अधिकारी पुर्ब स्ववियु सभापती सुर्य रोकाय, दिनेश केसि लगाएतले नवनिर्वाचित पदाधिकारीहरुले रचनात्मक रुपमा आफनो कार्यकालले जिम्मेवारी निभाउनेमा विश्वस्त रहेको बताए । क्याम्पस प्रमुख दान बहादुर हमालले स्ववियुले बिद्यार्थी र क्याम्पस प्रशासनबिच पुलको काम गर्नुपर्ने भन्दै बिभिन्न बिद्यार्थीहरुको समस्या र मागहरु एकै ठाउमा आउदा क्याम्पसलाई काम गर्न समेत सहज हुने बताए ।

मध्यपश्चिम बिश्वबिद्यालय अन्तरगतको यस क्याम्पसमा ५ गते सम्पन्न स्ववियु चुनावमा अनेरास्ववियुका तर्फबाट प्रत्यक्ष तर्फ अध्यक्षमा देबेन्द्र बहादुर बुढा, सचिव पदमा महेन्द्र मल्ल,कोषाध्यक्ष सुरेश चदारा र सदस्यहरुमा अनेरास्ववियुका सिर्जना मल्ल, तुलाराम भट्टराई, अभिशा बोहरा र तिर्थ कुमारी नकाल विजयी भएका थिए । यसै गरि समानुपातिक कोटामा अनेरास्ववियुका बिकल भट्टराई र सुजाता क्षेत्रि क्रमश उपाध्यक्ष र सह सचिवमा छनौट भएका थिए बाँकी दुई सदस्य पदमा नेबिसंघबाट राजन पोख्रेल र अखिल क्रान्तिकारीबाट वीरेन्द्र विसि छनौटमा परेको निर्वाचन समिती बागेश्वरी बहुमुखि क्याम्पस कोहलपुरले जनाएको छ ।

 

बागेश्वरी क्याम्पसमा अनेरास्ववियुको विरासत कायम

Nabintech