१९ बैशाख २०८१, बुधबार
काकाकुल कोहलपुर र भेरी बबइ डाइभर्सन !

मानिस हिजोको जडसुत्रवादी चिन्तन बाट माथी उठेको छ, वर्तमान नेतृत्वले इमानदारीताको कसिमा खरो उत्रन आवश्यक


  • स्वतन्त्र नागरिक 

  • १५ श्रावण २०८०, सोमबार १६:०१

कोहलपुर बृहत शहरी खानेपानी तथा सरसफाइ उपभोक्ता सस्थाको  निर्वाचन भर्खरै सप्पन्न भएर नतिजा पनि आईसकेको छ। त्रीपक्षीय प्रतिस्पर्धामा टेक नारायण भुसालको नेतृत्वको समूह विजेता भैसकेको छ। यो समुहको प्रतिबद्धता पत्रको एउटा कुराले मेरो ध्यान खिच्यो कि कोहलपुरको खानेपानीको समस्या सामाधान गर्न भेरी – बबइ डाइभर्सनको पानी कोहलपुर ल्याइनेछ। यो सपनाद्रस्टा जोसुकै हवस् , यो एक प्रसंशा गर्न योग्य सपना हो।
महान सपना देख्न सहास चाहिन्छ र त्यो सपना लाई यथार्थमा बदल्न अथक प्रयत्न चाहिन्छ। राइट दाजुभाइले आकाशमा उड्ने सपना नदेखेको भए आज एकदिनमै बिश्व घुम्नसक्ने  सुपरसोनिक कङ्कर्ड बन्थेनन होला। ग्रामबेलले आफ्नो  सपना साकार नपारेको भए टेलीफोनको आविष्कार हुन्थेन होला । मार्टिन कुपरको सपना नदेखेको भए गोजीमा बोकेर लिनमिल्ने  मोबाइलको आविष्कार हुन्थेन होला । आज दुनियाँ कृतिम बौद्धिकता ( artificial intelligence ) को युगमा प्रवेश गरिसकेको छ।
आजको बीस बर्ष पहिला के भेरी नदिको पानी पहाडै प्वाल पारेर बबईमा झार्न सकिन्छ भन्ने अनुमान मात्रैपनि गरिएको थियो होला त? तर आज हाम्रो सामुन्ने यथार्थ भै बसेको छ।  भनिन्छ  असम्भव भन्ने शब्द मुर्खहरुको शब्दकोषमा मात्रै हुन्छ।  हो आज बिश्वका कयौ देशले चमत्कारिक रुपले विकास गरेका छ्न । जो हिजो असम्भव जस्तै लाग्थे।
 कोहलपुर पश्चिम नेपालको एक उदियमान नगर हो। शहर केन्द्रित बसाइँसराइको प्रवृत्तिले कोहलपुरको जनघनत्व दिनानुदिन बढ्दो क्रममा छ। जनसंख्याको चाप सगै बिकासका पुर्वाधार पनि स्तरिकृत र विकसित बनाउन आबश्यक छ ।
खानेपानीको मौजुदा अवस्थाले कोहलपुरको खानेपानीको वर्तमान आबश्यक्तालाई नै राम्रो सग धान्न सकेको छैन। कोहलपुरको खानेपानीको दीर्घकालीन सामाधान भनेकै भेरी- बबई डाइभर्सन या राप्ती नदिको पानी नै हो।
दक्षिण अफ्रिकाका महान नेता नेल्सन मण्डेला को एउटा भनाइ छ ” कुनैपनी काम कसैले नगर्दा सम्म असम्भव नै लाग्छ ।” त्यस्तै भेरी- बबई डाइभर्सनको पानी कोहलपुर ल्याउने कुरा असम्भव जस्तै लाग्न सक्छ तर वास्तविक रुपमा असम्भव भने छैन ।
कोहलपुरको समृद्धिका लागि भन्दै विभिन्न पार्टीका सयौं नेता सामाज सेवामा हुनुहुन्छ । नेताको कर्मले नेतृत्व स्थापित हुने हो । एउटा चाइनिज उक्ति छ नि ” कर्म शब्द भन्दा ठुलो स्वरले कराउछ”, नेताको स्तर उसले समाज रुपान्तरणमा गरेको योगदानले स्थापित हुने हो।
भासण गरेकै र जेल बसेकै भरमा नेता बन्ने अध्यायको परिवर्तनतिर आजको समाज मुखरित भएको छ। यति भनिरहदा ब्यबस्था परिवर्तनको निम्ति जेलनेल खाएका अग्रज नेताको अवमूल्यन गर्न खोजेको हैन । आजको ब्यबस्था प्राप्तिको निम्ति उहाँहरुले गरेको त्याग र वलिदानीलाई सम्मान गर्दै जनजिविकाको अवस्था रुपान्तरण गर्नसक्ने भिजिनरी नेतृत्व आजको आवश्यकता हो ।
विश्व आज एक गाउँको रूपमा बदलिएको छ। संचार प्रविधिमा आएको उन्नयनले मानिसको पहुँच विश्वब्यापी बनेको छ। मानिस आज  महत्वाकांक्षाको दास भएको छ। मानिसको सिद्धान्त र आदर्श परिवर्तनशिल  छ। मानिस हिजोको जडसुत्रवादी चिन्तन बाट माथी उठेको छ।
भेरीको पानी कोहलपुरमा ल्याउने प्रतिबद्धता फगत राजनीतिक  खपतको लागि लगाइएको नारा मात्रै हो भने त के भन्नू र हैन भने यस दिशा तिर वर्तमान नेतृत्वले इमानदारीताको कसिमा खरो उत्रन आवश्यक छ।
Nabintech