२० बैशाख २०८१, बिहीबार
मैत्रीपुर्ण क्रिकेटमा त्रिभुवन नमुना मा.वि. बिजयी

  • टाइम्स संवाददाता

  • २७ पुष २०८०, शुक्रबार १९:२०

कोहलपुर:कोहलपुरमा सम्पन्न मैत्रीपुर्ण क्रिकेट प्रतियोगितामा त्रिभुवन नमुना मा.वि. कोहलपुरको टिम बिजयी भएको छ । पृथ्वी जयन्तीको अबसरमा प्रस्तावित अन्तराष्ट्रिय क्रिकेट मैदान कोहलपुरमा शुक्रबार बिहान भएको खेलमा ज्ञान ज्योती मा.वि.को टिमलाई पराजित गर्दै त्रिभुवनको टिम बिजयी भएको हो ।

सरोज पङ्गिनीको कप्तानीमा पहिले मैदानमा उत्रिएको त्रिभुवन माविको टिमले निर्धारित १५ ओभरमा १३८ जन जोडेको थियो । त्रिभुवनका खेलाडी अनुभव अधिकारीले सर्वाधिक ५२ रन जोडेका थिए भने रामु खनालले ३२ रन जोडेका थिए । १३९ रनको लक्ष्य पाएको ज्ञानज्योति माबि सस्तैमा समेटिएपछि त्रिभुवनले खेल जितेको हो । त्रिभुवनका बलरहरु चम्कीएपछि ज्ञानज्योतीका खेलाडी ३९ रनमै अलआउट भएका थिए ।

ज्ञानज्योतीका खेलाडीहरुलाई सस्तैमा समेट्ने क्रममा त्रिभुवनका रामु खनालले ४ तथा अनुभव अधिकारीले २ विकेट लिएका थिए । खेलको म्यान अफ दि म्याच त्रिभुवनका अनुभव अधिकारी घोषित भए । पृथ्वी जयन्तीको अबसरमा त्रिभुवन मावि कोहलपुर र ज्ञानज्योति मावि चपरगौडीका शिक्षकहरु बिच मैत्रिपुर्ण खेल भएको थियो ।

Nabintech