२० बैशाख २०८१, बिहीबार
चिसोका कारण कोहलपुर क्षेत्रका बिद्यालय माघ १० गते सम्मका लागी बन्द

  • टाइम्स संवाददाता

  • ७ माघ २०८०, आईतवार १५:०८

कोहलपुर:     गत एक साता देखि पश्चिम तराइ कोहलपुर र नेपालगन्जमा लागेको बाक्लो हुस्सु र शीतलहरका कारण यहाको जनजीवन कष्ठकर बन्दै गएको छ जसको प्रत्यक्ष प्रभाब बिद्यालयमा अध्ययन गर्ने बिद्यार्थीहरुलाई परेको छ ।
हुस्सु र शीतलहरका कारण नेपालगन्जका बिद्यालय भने बन्द भएका छन । लामो समय सम्म कोहलपुरमा घाम नलाग्दा यस क्षेत्रमा रहेका बिद्यालयहरु हुस्सु  र शीतलहरका बिच संचालन भइरहेका थिए ।

अधिकाश अभिभाबक र शिक्षा संग सरोकार राख्ने ब्यक्तिहरुले शीतलहरमा पनि बिद्यालय सन्चालन हुदा सामाजिक सन्जाल र अन्य संचार माध्यमा बिरोधका आबाज उठिरहेका थिए ।

आज कोहलपुर नगरपालिकाको कार्यालयमा कार्यवाहक नगर प्रमुख संगित सुबेदीको अध्यक्षतामा बसेको बैठकले माघ ८ गतेखि १० गते सम्म कोहलपुर क्षेत्रमा सन्चालनमा रहेका सम्पुर्ण बिद्यालय बन्द गर्ने निर्णय गरेको छ ।शिक्षक महासंघ , एन प्याब्सन ,प्याबसन ,क्रिसा अध्यक्ष तथा प्रतिनिधीहरुको संयुक्त बैठकले बिद्यालय बन्द गर्ने निर्णय गरेको हो  ।

पश्चिम बायु कम्जोर भएको कारणले कोहलपुर र नेपालगन्जको मौसम अझै तिन चार दिन बाक्लो हुस्सु र शीतलहर हुने सम्भावन रहेका जल तथा मौसम बिज्ञान कार्यालय कोहलपुरका नायब मौसम बिज्ञान सहायक अर्जुन भुसाल बताउनछन । कोहलपुरको तापक्रम दिन प्रतिदिन २ डिग्री सेल्सियसका दरले घटदै गएको जल तथा मौसम बिज्ञान कार्यालय कोहलपुरको रेकडमा उल्लेख गरिएको छ ।

Nabintech