२० बैशाख २०८१, बिहीबार
सुरुमै दबाबमा अफगानिस्तान, २ रन जोड्दा नेपालले लियो २ विकेट

  • टाइम्स संवाददाता

  • १२ माघ २०८०, शुक्रबार १४:१०

काठमाडौँ:आईसीसी यू–१९ विश्वकप क्रिकेट अन्तर्गत अफगानिस्तानविरुद्धको खेलमा नेपालले सुरुवाती सफलता पाएको छ। अफगानिस्ताले जम्मा स्कोर २ रन बनाउँदै २ विकेट गुमाइसकेको छ।
नेपालका लागि आकाश चन्द र गुलशन झाले विकेट लिएका छन्। गुलशनले अफगानिस्ताको पहिलो विकेट लिए। त्यसपछि आकाश चन्दको नाममा दोस्रो विकेट रहयो।  आकाशले खालिद तनिवाललाई दोस्रो ओभरको चौथो बलमा शून्य रनमै क्याच आउट गराए।

त्यसअघि पहिलो ओभरको चौथो बलमा नुमान शाहलाई गुलशन झाले गोल्डेन डकआउट गराए।  दोस्रो ओभरको खेल जारी रहँदा नेपालले २ ओभरमा २ विकेट झारेको छ।

Nabintech