२० बैशाख २०८१, बिहीबार
आजदेखि व्यक्तिगत घटना दर्ता सप्ताह शुरु

  • टाइम्स संवाददाता

  • १ बैशाख २०८१, शनिबार १४:१६

कोहलपुर : आजदेखि व्यक्तिगत घटना दर्ता सप्ताह शुरु भएको छ । व्यक्तिगत घटना दर्ता सम्बन्धी सचेतना जगाउन सरकारले वैशाख महिनाको पहिलो हप्ता अभियानका रुपमा व्यक्तिगत घटना दर्ता सप्ताह मनाउने गरेको छ । राष्ट्रिय परिचयपत्र तथा पञ्जीकरण विभागको अगुवाईमा आजदेखि ७ गते सम्म व्यक्तिगत घटना दर्ता सप्ताह मनाईंदैछ ।

व्यक्तिका व्यक्तिगत घटनाहरु तोकिएको समय अर्थात घटना भएको ३५ दिनभित्र अनिवार्य रुपमा दर्ता गराउनुपर्छ भन्ने सन्देश आम नागरिकमा पुर्‍याउन सप्ताह मनाउन थालिएको हो । सरकारले सन् २०२४ को अन्त्य सम्ममा जन्म, मृत्यु, विवाह, बसाइँ सराइ, तथा सम्बन्ध विच्छेद लगायतका सबैखाले व्यक्तिगत घटना दर्ता गराउने लक्ष्य राखेकाले सबैलाई सबैखालका घटना दर्ता समयमै गराउन विभागले आग्रह गरेको छ ।

व्यक्तिगत घटना दर्ताको प्रमाणपत्र बालबालिकालाई विद्यालयमा भर्ना गर्न, नागरिकता र पासपोर्ट बनाउन, नाबालक परिचयपत्र बनाउन, बैंक खाता खोल्न, नाता कायम गर्न, जीवन बीमा गर्नका साथै विभिन्न सरकारी सेवा, सुविधा तथा हक स्थापना गर्न आवश्यक पर्छ ।

Nabintech