२१ बैशाख २०८१, शुक्रबार
नवलपरासीको पडरीमा आगलागीबाट १४ परिवारको घरगोठ जल्यो

  • टाइम्स संवाददाता

  • ८ बैशाख २०८१, शनिबार ११:१६

नवलपरासी : नवलपरासीको पाल्हीनन्दन गाउँपालिका पडरी गाउँमा भएको आगलागीमा १४ परिवारको घरगोठ जलेको छ ।

हिजो दिउँसो ४ बजेतिर स्थानीय एउटा पसलबाट सल्केको आगोले पाल्हीनन्दन गाउँपालिका वडा नम्बर–६ पडरी गाउँका चन्द्रिका धोबी, चन्ना धोबी, भिखारी धोबी, रामवृक्ष धोबी, बुलाकी धोबी, कमरूद्दीन अन्सारी, राजेश धोबी, केश महम्मद, इजहार अन्सारी, अहमद अन्सारी, नुरूलहोदा पठान, इद्रिश पठान र कोइल पठानलगायतको गरी १४ जनाको घरगोठमा क्षति भएको वडाध्यक्ष कृष्णचन्द्र यादवले जानकारी दिनुभयो ।

Nabintech