२० बैशाख २०८१, बिहीबार
कर्णाली प्रदेश प्रधानमन्त्री कप क्रिकेटमा मधेस प्रदेशसँग ६१ रनले पराजित

  • टाइम्स संवाददाता

  • ६ माघ २०८०, शनिबार १६:१८

काठमाडौँ: कर्णाली प्रदेश प्रधानमन्त्री कप क्रिकेटमा मधेस प्रदेशसँग ६१ रनले पराजित भएको छ । २ सय ३२ रनको लक्ष्य पछ्याउने क्रममा कर्णाली ४१.१ ओभरमा टोली १ स्य ७० रनमा समेटिएको हो ।

टोलीका लागि अनसएन घर्तीले १०५ बलमा ५८ रनको पारी खेले । उनलाई दिनेश अधिकारीले ३३ रन तथा विपिन शाहीले ३१ रन बनाएर राम्रो साथ दिए पनि टोली जीतसम्म पुर्‍याउन सकेनन् । मधेस प्रदेशका लागि राजेश यादवले ३ तथा प्रदीप पासवानले दुई विकेट लिए ।

यसअघि कप्तान हरिशंकर साह र अनिल साहको अर्धशतकको मद्दतले  मधेसले निर्धातिर ५० ओभरमा ९ विकेटको क्षतिमा २ सय ३१ रन बनाएको थियो । साह र अनिलले समान ५०–५० रन बनाए । त्यस्तै अविशेकले ३४ रन बनाएका थिए । कर्णालीका लागि ४ विकट भने अनुज चनाराले २ विकेट लिए ।

Nabintech