६ चैत्र २०८०, मंगलवार
समाचार टिप्पणी : चर्चा कालो मोसोको

के यो समिती अबैधानिक हो त ? के भन्छन आम नागरिक


  • प्रमोद रिजाल

  • २६ श्रावण २०७९, बिहीबार १७:५६

नेपालगञ्ज: श्राबण २३ गते मध्यान्न १ देखि २ बजेको बिचमा कोहलपुर बृहत शहरी खानेपानी तथा सरसफाई उपभोक्ता संस्थाको कायकक्षमै सो संस्थाका अध्यक्ष नर बहादुर मल्ललाई चार जनाको एक समुहले हामी १० नं वाडकाहौं खानेपानी बारे कुरा गर्नु छ भन्दै कालोमोसो दल्यो । उक्त समुहले कालो मोसो दल्दै गरेको फोटो खिच्न समेत भ्यायो !

यति गर्दा सो संस्थामा रहेका अन्यलाई कुनै सुइको समेत भएन । नाटकिय रुपमा कालो मोसो दल्ने समुह तत्काल फरार भयो ।

मल्ल स्वयमले ती ब्यक्तिहरुलाई पहिचान गर्न सकेनन न त ती ब्यक्तिहरुलाई प्रहरीले पक्राउ गर्न नै सक्यो । तर राती करीब ८ बजे मिडियामा एउटा प्रेस बक्तब्य र फोटो आईपुग्यो उक्त बिज्ञप्तिमा बिभिन्न ६ वटा बुंदा उल्लेख गरि कारबाहि किन गरिएको बारे उल्लेख थियो । युवा जनस्यंसेवक नेपाल कर्णाली ब्युरोद्धारा जारी उक्त बक्तब्यमा कसैको दस्तखत तथा नाम उल्लेख छैन ।

जनयुद्धका त्रासदिपुर्ण दिनहरुमा माओबादीले कुनै घटना घटेको खण्डमा नाम र दस्तखत सहितको बक्तब्य आउथ्यो तर सर्बसाधारणको दैनिक जीवन कष्टकर हुनेगरी खानेपानी नदिएको आरोपमा कालोमोसो लाएकै हो भने दस्तखत किन गर्न सकेन सो समुहले कतै लामो समय खानेपानीको अध्यक्षमा बसेको साधारण सभा नगरेर १८ महिना फादील कुर्चिमा बसेकै कारण उन्कै पार्टि सर्मथकले पो कालोमोसो लाएर तिगडम बाज गरेका हुन कि प्रश्न यहानेर छ ।

दस्तखत बिनाको बक्तब्य कत्तिको आधिकारिक हो पुष्टि हुन सकेको छैन र पनि कोहलपुरमा रहेका नेपाली काङ्गेस सर्मथक बिभिन्न तह र तप्काका नेता गणहरुले एकोहोरो कालोमोसो लाउनेको कारबाहिको लागि भन्दै प्रेस बिज्ञप्ति गरेको पाइन्छ । किन लगाइएको हो सो बारे उल्लेखित कुरा अध्यण गरि वा कोहलपुर वडा नं. १०,११ र ६ का घरहरुमा पानीको अबस्था बुझेर सन्तुलित बक्तब्य निकालेको भए नेता गणहरुको के नै जान्थ्यो र नेताको लागि बक्तब्य जारी गर्ने नेतागणहरुले सर्बसाधारण ६ महिना पानी बिना छटपटिएको पाटोलाई छुन सक्नु भएन त्यसो त भुई मान्छेहरुको बोल्दिने को हुन्छ र सर्बसाधारण त भोट बैंक मात्र न हुन हैन र नेताजीहरु ?

यसरी प्रेस बक्तब्य जारी गर्ने नेताहरुमा नेपाली काङ्गेस क्षेत्र नं. १ ख का सभापति बलराम शर्मा, प्रतिनिधि सभा क्षेत्र नं. १ का सचिब जयस्वर पौडेल सुमन, कोहलपुर उद्योग बाणिज्य संघका अध्यक्ष लक्ष्मणराज पौडेल, कोहलपुर नगर समितीका सभापति वीरेन्द्र कुमार शाह, सरस्वती सामुदायिक वन उपभोक्ता समितीका उपाध्यक्ष तिर्थ बहादुर थापा, वडा नं. ११ का वडा सभापति प्रताप देबकोटा, ज्ञानोदय सामुदायिक पुस्तकालयका अध्यक्ष चेतकान्त भट्टराई र नेपाल सांस्कृतीक संघ बांकेका अध्यक्ष सन्तोषराज पौडेल रहेका छन ।

हेनुहोस बक्तब्य

तथापि कोहलपुर बृहत शहरी खानेपानी तथा सरसफाई उपभोक्ता संस्थाको तर्फबाट र सो संस्थामा कार्यरत कर्मचारीहरुको तर्फबाट भने कुनै प्रेस बिज्ञप्ति आएन अन्य राजनैतिक दलहरुबाट आउने झन कुरै भएन । के त्यो संस्थामा उपाध्यक्ष लगाएत कामचलाउ अन्य पदाधिकारी नभएकै हुन त ? यदि त्यसो हो भने ७० बर्षका बृद्ध बुवालाई खानेपानीको बोझ थोपारेर कोहलपुरे उपभोक्ताले उन्लाई असहज पारेकै होलान त !  हैन त्यसो कदापि हैन ।  यस सस्थाका पदाधिकारी आफैमा अबैधानिक छन । कार्यकाल सकिएको १८ महिना पुग्न लाग्दा सम्म संस्थाको साधारण सभा हुन सकेको छैन । काम चलाउ अध्यक्षले पानीका लागि कार्यालयमा पुगेका आम उपभोक्ताहरुलाई झुटो आस्वाशन दिंदै हप्कि दप्कि र धम्कि दिंदै आइरहेका छन ।

अध्यक्ष र उस्को नेतृत्वले ज्याजदी र मनपर्दि कार्य गरेको कारण मोसो लगाएको भन्दै युवा जनस्यंसेवक नेपाल कणाली प्रदेशले कार्यकाल सकिएपनि अबैधानिक कार्यसमिती चलाएको, आर्थिक अनियमितता गरेको , वडा नं. ६,११ र१० मा पानी नदिएको तर बिल दिएको , उपभोक्तालाई सुचनाको हकबाट बञ्चित गराएको , राजनैतिक आडमा अपराधिहरुको संरक्षण गरेको र सांस्कृतिक तथा आर्थिक अराजकता मच्चाएको आरोप लगाएर कार्बाहि स्वरुप कालो मोसो दलेको भनेको छ ।

हेर्नोस बिज्ञप्ति

बिगत ६ महिनादेखि कोहलपुर नगरपालीका वडा नं. १० बिद्यानगरको पुर्बी टोलमा पानी सप्लाई हुन सकेको छैन । पश्चिम टोलमा एक महिनादेखि पानीका लागि काकाकुल चलिरहेको छ । वडा नं ६ मा ४ महिनादेखि पानी आएको छैन वडा ११ को हालत त्यस्तै छ । पानी आउने आशमा बसेका नागरिकका घरमा प्रत्यक महिना बिल भने आउछ । लाज छेक्ने लाज पनि लजाई सक्यो कालो मोसो लाएको लाज मान्नु पर्ने अबस्था छैन ।

जरुर कालो मोसो लाउनु गलत हो कानुनी राजमा । खानेपानीले आम उपभोक्तालाई सेवा प्रबाह नगरेको कारण देखाएर बिभिन्न चरणका आन्दोलका कार्यक्रम ल्याउन सकिन्थ्यो तर कालो मोसो नै रोजियो यो गलत नै भयो । तर उपभोक्तालाई नभई नहुने पानी जस्तो संबेदनशिल बस्तुमा अध्यक्ष र त्यस्का सञ्चालक सिरिएस हुनुपर्छ वा पर्दैन । सकिन्न भने खानेपानीको नेतृत्व लिन तमाम कांग्रेस भित्र पनि युवा त छन नि नैतिकताका देखाएर राजिनामा दिएको भए आज यो परिस्थती आउने त थिएन कि ।

आम नागरिक कस्ले के भने
कालो मोसोको बिषयलाई लिएर सामाजिक सञ्जालमा सर्मथन र बिरोध समेत भएका छन । मधुकर जंग शाह लेख्छन कालो मोसो दल्नुपर्ने आबश्यकता किन आयो त्यस्तै अर्का एक नागरिक पानीपनि दिनुपरयो बिल मात्र उठाउने दोषिलाई कारबाहि गर भनेका छन । पदमा बसेर अलि जिम्मेवार भएर काम गर्नुपरयो जनताको समस्या जस्ताको तस्तै हुने अनि पदमा बसेर सेवा सुबिधा लिने पनि एउटा अपराभ नै हो राजनैतिक प्रतिशोध कारण हो भने बेग्लै कुरा हो अशोक भुजेल लेख्छन ।

के यो समिती अबैधानिक हो त ?

२०७२ साल पौषमा गठन गरिएको कार्य समितीले २०७७ पौषमा नियमित साधारण सभा गनु पर्ने थियो तर अनाबश्यक लाभका लागि बर्तमान कार्यसमितीलाइ नै निरन्तरता दिएको स्थानिय कोहलपुरबासिको आरोप रहेको छ । सो समितीले साधारण सभा गर्न नसकेको बारे बिभिन्न कारणहरु रहेको जनाउदै एक बर्ष कार्यकाल थपेको कार्यसमितीका एक सदस्यले बताएका छन ।

एक कार्य समिती सदस्यका अनुसार संस्था अपारदर्शी मनोमानि तरिकाले चलेको उनको भनाई छ । आर्थिक अवस्था धरासायी छ , उपभोक्ताको माग अनुसार स्वच्छ र आवश्यकता अनुसारको पानि बितरण गर्न नसकेपछि अवैधानिक समितीमा बस्नुको औचित्य नरहेको भन्दै मेजर ५ मध्यका एक पदाधिकारीले राजिनामा समेत दिएका छन ।

नेपाली काग्रेसका नेता नर बहादुर मल्ल २ कार्यकाल भन्दा लामो समय देखी सो सस्थाको अध्यक्ष रहेका छन । मल्ल नेतृत्वमा एमाले र माओवादी केन्द्रले भाग बण्डामा आफ्ना मानिसहरु कार्य समितीमा पठाएका छन । बर्तमान कार्यसमितीका पदाधिकारीहरु फेरी दोहरीने दाउमा साधारण सभाको मिती तय नगरेको, कार्य समितीको म्याद सकिएको १८ महिना भएको छ , अडिट गर्नै नसक्ने गरि हिसाब गञ्जागोल गरेको आरोप समेत एक सदस्यले आफनो नाम नबताउने सर्तमा कोहलपुर टाइम्सलाई बताएका छन ।

कार्यसमितीको पदाधिकारीको सेवा सुबिधा
साधारण सभा गर्न नसकेर अबैधनिक समितीको पदाधिकारी र सदस्य समेतले नियमीत बिभिन्न खाले सेवा सुबिधा लिने गरेको पाईएको छ । कार्यसमितीका एक सदस्यले दिएको जानकारी अनुसार संस्थाको तर्फबाट पैसा तिर्ने गरि कार्यसमितीका पदाधिकारी देखी सदस्य सम्मको जिवन बिमा गरिएको छ । प्रत्येकको ३ लाख ५० हजारको जिवन बिमा गरिएको छ । बिमा बापतको प्रिमियम हरेक बर्ष संस्थाको कोष बाटै जानेको गरेको छ ।

सो बाहेक पदाधिकारी र सदस्य सम्मले समान्य अवस्थामा मासिक २० लिटर पेट्रेल सुबिधा लिने गरेका छन । चाडवाड भत्ता बापत बार्षिक १५ हजार उनिहरुको घोषित सेवा सुबिधा हो । त्यस बाहेक दैलेख स्थाई वासिन्दा रहेका सचिव प्रेम कटुवालले दैलेख जादा र आउदा थप सुबिधा लिने गरेको कार्यसमितीका एक सदस्यले बताए । माओवादी केन्द्र दैलेखका जिल्ला संयोजक रहेका कटुवाल अधिकाँस समय दैलेख रहने र सेवा सुबिधा भने खानेपानी बाट लिने गरेको ति सदस्यको भनाई छ ।

संस्थाका कोषाध्यक्ष एक नारायण चापागाईले कोरोना कालका कारण र केही योजना अपुरा रहेकाले साधारण सभा गर्न नसकिएको बताए । उनले आगामी पुस सम्म साधारण सभा गर्ने योजना रहेको बताए ।

अबैधानिक कार्यसमितिले कोहलपुरमा पानीको सुनिश्चितता गर्न सकेन

जनता झुक्याउदै कोहलपुर खानेपानी दश दिन बित्दा पनि आएन धारामा पानी

कोहलपुर खानेपानीका अध्यक्ष मल्ललाइ युवा जन स्वयमसेवक नेपालले दल्यो कालो मोसो (अपडेट)

Nabintech